MPhil (जनप्रशासनमा) नयाँ भर्ना सम्वन्धी सूचना (२०७७।०७।१७)
जनप्रशासन वा व्यवस्थापन वा त्रि.वि.वाट मान्यता प्राप्त अन्य विषयमा स्नातकोत्तर तहमा कम्तीमा द्वीतीय श्रेणीमा उतिर्ण विद्यार्थीहरुका लागि यस जनप्रशासन केन्द्रीय विभागमा सञ्चालनमा रहेको MPhil (Master of Philosophy in Public Administration0 विषयमा शैक्षिक वर्ष ०७७।७८ को (दशौं ब्याच) नयाँ भर्ना खुला भएको सम्वन्धित सवैको जानकारीका लागि यो सूचना जारी गरिएको छ । आवेदन दिने मिति २०७७।०६।११ देखि २०७७।०७।१६ गते सम्म कायम गरिएकोमा नयाँ भर्नाका लागि २०७७ मंसिर ७ गते सम्म थप गरिएको जानकारी गराइन्छ ।
दरखास्त फाराम यस विभागको वेव पेज www.cdpa.edu.np/mphil-admission-form मा गई अनलाइनवाटै फाराम भरी दाखिला गर्न सकिने छ । उक्त फाराम दाखिलाका लागि विभागकोे नेपाल बैंक लिमिटेडको जुनसुकै शाखामा च.हि.नं २१७००१००१९३०४१०००००१ मा रु. २०००। वुझाएको सक्कल भौचरको स्क्यानिङ प्रति यस विभागको वेब पेजमा अपलोड अनिवार्य रुपमा गर्नुपर्ने छ । आवेदन फारामसंगै एसएलसी देखि स्नातकोत्तर तह सम्मको शैक्षीक प्रमाण समेत अपलोड गनृुपर्ने छ । कार्यालय समय भित्र विभागवाट समेत सोझै फाराम प्राप्त गरी वुझाउन सकिने छ । प्रवेश परीक्षा सम्वन्धी अन्य कार्यक्रमहरु पछि प्रकाशित गरिने छ ।
विस्तृत जानकारीका लागि
जनप्रशासन केन्द्रीय विभाग
वल्खु काठमाण्डौं, फोन: ०१-४६७१-१९२