एमपिए (प्राईभेट) दोस्रो वर्षको अनुसन्धान प्रस्ताव र स्थलगत प्रतिवेदन बुझाउने सम्बन्धि सूचना (२०८०–०७–२३)
वि.सं. २०८० साल आश्विन महिनामा संचालन भएको एमपिए (प्राईभेट) दोस्रो वर्षको परीक्षा दिएका वार्षिक परीक्षा प्रणाली अन्तरगत बुझाउनु पर्ने अनुसन्धान प्रस्ताव (Research Proposal) र स्थलगत प्रतिवेदन (Field Report) बुझाउन बाँकी भएका विद्यार्थीहरुको लागी मिति २०८०।०८।०१ गते देखि २०८०।०९।०६ शुक्रवार सम्म यस जनप्रशासन केन्द्रीय विभागमा दाखिला गर्नको लागि सम्बन्धीत सबैलाई जाँनकारी गराइन्छ । विस्तृत जानकारीका लागी जन–प्रशासन केन्द्रीय विभागको वेवपेज www.cdpa.edu.np मा हेर्न सूचित गरीन्छ ।
पूनश्चः विगतमा विद्यार्थीको लागि धेरै पटक अभिमुखिकरण कार्यक्रम गरिएकोले र आंशिक विद्यार्थीले मात्र परीक्षा दिएको हुदा यस वर्ष सो कार्यक्रम नगरिने व्यहोरा अवगत गराईन्छ ।
Proposal and Field Report बुझाउने मिति, समय र स्थान
मिति : २०८०।०८।०१ गते देखि २०८०।०९।०६ शुक्रवार
समय : विहान ११ : ०० बजे देखि ३ : ०० बजे सम्म
स्थान : जन–प्रशासन केन्द्रीय विभाग, बल्खु
MPA (प्राईभेट) दोस्रो वर्षको अनुसन्धान प्रस्ताव र स्थलगत प्रतिवेदन बुझाउन आउदा विद्यार्थीहरुले ध्यान दिनु पर्ने विषयहरु
१. प्रपोजल तथा फिल्ड रिर्पोट कार्यालय खुलेको दिन ११ः०० देखि ३ः०० बजे सम्म बुिझने व्यहोरा जाँनकारी गराईन्छ ।
२. प्रत्येक प्रपोजल तथा फिल्ड रिपोर्ट मा २०८० आश्विन महिनामा सम्पन्न भएको परिक्षाको प्रवेश पत्रको प्रतिलिपी अनिवार्य राख्नुपर्नेछ । प्रपोजल, फिल्ड रिर्पोट विद्यार्थी स्वयं अनिवार्य रुपमा उपस्थित भई बुझाउनु पर्ने छ साथै रिपोर्ट बुझाउन आँउदा दोस्रो वर्षको परिक्षा दिएको प्रवेश पत्र अनिवार्य साथमा लिई आउनु पर्ने छ ।
३. प्रपोजल तथा फिल्ड रिपोर्टमा विषय कोड नं. प्रवेश पत्रमा भए अनुसार हुनु पर्ने छ,
सो अनुसार नभएर परीक्षाको नतिजा तलमाथि भएमा विद्यार्थी स्वयं जिम्मेवार हुनेछ ।
४. प्रत्येक विषयको रु. १०००। का दरले जम्मा रु. ३०००। यस जन–प्रशासन केन्द्रीय विभागको नेपाल बैकं लि. को हि.नं. २१७००१००१९३०४१०००००१ तोकीएको मिति भित्र बुझाएको सक्कल भौचर रिपोर्ट तथा प्रपोजलका साथ संलग्न गर्नु पर्नेछ । भौचर बुझाए पछि विभागबाट प्राप्त रसिद अनिवार्य रुपमा लिन सुचित गरिन्छ ।
५. प्रत्येक विषयको दुई÷दुई प्रति फिल्ड वर्क तथा प्रपोजल बुझाउनु पर्नेछ ।
६. विभागको नाम र बैकं हि. नं. अन्यथा भएमा फिल्ड वर्क तथा प्रपोजल मूल्यांकन गर्न नसकिने हुँदा सो को जिम्मेवारी विद्यार्थी स्वयं हुने व्यहोरा जाँनकारी गराईन्छ ।
७. फिल्ड वर्क तथा प्रपोजलको Format वेवसाईडमा उल्लेख भएको व्यहोरा जाँनकारी गराईन्छ ।
जन–प्रशासन केन्द्रीय विभाग
बल्खु, काठमाण्डौं