MPhil (जनप्रशासनमा) नयाँ भर्ना सम्वन्धी सूचना (२०७९।०६।१२)
मान्यता प्राप्त शैक्षिक संस्थाबाट कम्तीमा द्वितीय श्रेणीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको र कम्तीमा १ वर्ष कार्य अनुभवको प्रमाणपत्र भएको विद्यार्थीहरुका लागि यस जनप्रशासन केन्द्रीय विभागमा सञ्चालनमा रहेको MPhil (Master of Philosophy in Public Administration) विषयमा शैक्षिक वर्ष ०७९।८० को (बाह्रों ब्याच) नयाँ भर्ना खुला भएको सम्वन्धित सवैको जानकारीका लागि यो सूचना जारी गरिएको छ । आवेदन दिने मिति २०७९।०६।२६ देखि २०७९।०७।३० गतेसम्म भर्नाको आवेदन खुला गरिएको व्यहोरा सर्वसाधारणको जानकारिका लागि सूचित गरिन्छ ।
उक्त फाराम दाखिलाका लागि विभागकोे नेपाल बैंक लिमिटेडको जुनसुकै शाखामा च.हि.नं २१७००१००१९३०४१०००००१ मा रु. २०००। वुझाएको सक्कल भौचरको प्रति अनिवार्य रुपमा पेश गर्नुपर्ने छ । आवेदन फारामसंगै एसएलसी देखि स्नातकोत्तर तह सम्मको शैक्षीक प्रमाण समेत बुझाउँनु पर्ने छ । प्रवेश परीक्षा तथा अन्य कार्यक्रमहरू पछि प्रकाशित गरिने छ। कार्यालय समय भित्र विभागवाट समेत सोझै फाराम प्राप्त गरी वुझाउन सकिने छ । प्रवेश परीक्षा सम्वन्धी अन्य कार्यक्रमहरु पछि प्रकाशित गरिने छ ।
Academic Year: 2079/80
Course: Master of Philosophy in Public Administration
Application Date: 2079-06-26 (12 October 2022) to 2079-07-30 (16 November 2022)
Eligibility Criteria: Passed Masters degree in at least second division from recognized institution and1 years work experience
Application fees: NPR 2000/-
Bank Account number: २१७००१००१९३०४१०००००१ (21700100193041000001)
Bank Account Name: Central Department of Public Administration,
Bank Name, Branch: Nepal Bank Limited, Kantipath
Documents to be submitted: Transcripts/certificates from SEE/SLC to Masters level
More information: Call +977-1-4673011, 4671192
विस्तृत जानकारीका लागि
जनप्रशासन केन्द्रीय विभाग
वल्खु काठमाण्डौं, फोन: ०१-४६७३०११, ४६७१-१९२